पर्सा। जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले पत्नीमाथि आक्रमण गरी गम्भीर घाइते बनाउने एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विश्वनाथ सहनी लाई शनिबार पक्राउ गरिएको हो। उनी घटना पछि फरार रहेका थिए।
गत चैत १ गते पर्सागढी नगरपालिका-३ बिरुवा टोलका ३० वर्षीय सहनीले आफ्नी पत्नी हरिकलादेवी लाई हातखुट्टा बाँधेर धारिलो हतियार प्रयोग गरी बाँया खुट्टामा गम्भीर चोट पुर्याएका थिए।
घटनामा गम्भीर घाइते भएकी महिलाको प्रारम्भिक उपचार एलएस न्यूरो अस्पताल मा गरिएको प्रहरीले जनाएको छ।










