महोत्तरी। महोत्तरीको बलवा नगरपालिका-११ स्थित रातो खोलापुल नजिक अवैध रूपमा माटो तथा बालुवा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले स्काईभेटर र एक टिपर नियन्त्रणमा लिएको छ।
मिति २०८२ चैत १३ गते इलाका प्रहरी कार्यालय लोहारपट्टीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले रातो खोलाको किनारमा रहेको खेतबाट अवैध उत्खनन भइरहेको अवस्थामा स्काईभेटरसहित ना ८ ख ११३८ नम्बरको माटो लोड गरिएको टिपर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय लोहारपट्टी मा ल्याई आवश्यक प्रक्रिया पूरा गरी कारबाहीका लागि बलवा नगरपालिका कार्यालय पठाइएको प्रहरीले जनाएको छ। – DPOM



















