ढल्केवर (धनुषा)। धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो लाई नेपाली कांग्रेस बाट निष्कासन गर्न सिफारिस गरिएको छ।
बिहीबार धनुषाको महेन्द्रनगरमा बसेको क्षेत्रीय समितिको विस्तारित बैठकले उनलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गर्न सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सचिव बुधेश्वर महतो ले जानकारी दिए।
बैठकले मिथिला-२ का वडा सभापति अशेश्वर महतो र बटेश्वर गाउँपालिका-३ का वडासभापति तथा वडाध्यक्ष राममणि कुशवाहाको जिम्मेवारी खोस्ने निर्णय समेत गरेको छ।
बैठकमा सहभागी एक नेताका अनुसार धनुषा-४ का प्रतिनिधिसभा सदस्य पदका प्रत्यासी तथा कांग्रेसका पूर्व सहमहामन्त्री महेन्द्र यादव कै प्रस्तावमा मेयर महतोलाई निष्कासन गर्ने निर्णय सर्वसम्मत रूपमा भएको हो।
पार्टीविरुद्ध गतिविधिमा संलग्न रहेको प्रमाण भेटिएपछि उक्त निर्णय गरिएको नेताहरूले बताएका छन्। – अन्नपूर्ण पोस्ट









