जनता साहित्यिक मञ्चको २४ औँ शृङ्खलामा नयाँ समिति गठन


महोत्तरी। बर्दिबास नगरपालिका-गौरीडाँडामा रहेको जनता साहित्यिक मञ्च को २४ औँ नियमित शृङ्खला सम्पन्न गर्दै नयाँ समिति गठन गरिएको छ।

मिति २०८२ साल चैत्र २ गते सोमबार सम्पन्न कार्यक्रम मञ्चकी अध्यक्ष शुभेच्छा घिमिरे को अध्यक्षता तथा श्री जनता मा.वि. गौरीडाँडाका पूर्व प्रअ तथा विद्यालय व्यवस्थापन समिति सदस्य नेत्र बहादुर रम्तेल को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम मञ्चको तल्लो सदनले आयोजना गरेको थियो भने सञ्चालन सचिव श्रेया कर्ण ले गरेकी थिइन्।

कार्यक्रममा मञ्चका पदाधिकारी तथा सदस्यहरूले मन्तव्यसहित रचना वाचन गरेका थिए। वाचन गर्नेहरूमा प्रियतम कुमार यादव, सौजल साही, अनुकल्प शर्मा ढकाल, मदन बराल, आकृष पोखरेल, स्मृति पराजुली लगायत रहेका थिए।

कक्षा १० को वार्षिक परीक्षा नजिकिएकाले वर्तमान समितिले जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको जनाउँदै नयाँ समिति चयन गरिएको हो। कार्यक्रममा शिक्षकहरू लक्ष्मी कार्की र दीक्षा काफ्लेले सहजीकरण गरेका थिए भने अतिथि रामचन्द्र पौडेल ले विद्यार्थीहरूको क्षमता अभिवृद्धि र अनुशासन विकासका लागि बाल क्लब तथा साहित्यिक मञ्चलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए।

प्रमुख अतिथि रम्तेलले विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता संरचनाहरू महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पुरानो कार्यसमितिलाई धन्यवाद दिएका थिए।

पहिलो चरणको समापन गर्दै सभाध्यक्ष शुभेच्छा घिमिरेले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिँदै मञ्च र बाल क्लब विघटन घोषणा गरेकी थिइन्।

कार्यक्रमको दोस्रो चरणमा शिक्षक रामचन्द्र पौडेलले नयाँ कार्यसमिति प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।

नयाँ कार्यसमिति (साहित्यिक मञ्च):

  • अध्यक्ष: रोजिना घिमिरे
  • उपाध्यक्ष: समीक्षा भण्डारी
  • सचिव: प्रतिष्ठा पौडेल
  • सहसचिव: निकी यादव
  • कोषाध्यक्ष: विदुषी अर्याल

सदस्यहरू: गरिमा परियार, सौजल साही, प्रियतम कुमार यादव, सन्ध्या रोका, साँक्षी रेग्मी, अनुस्का परियार, प्रणव गौतम, जीविका तामाङ, स्मृति माली भण्डारी, हिमाङ्शु ढुङ्गाना

  • बाल क्लब (आंशिक समिति):
  • अध्यक्ष: प्रतिष्ठा पौडेल

सदस्यहरू: कामिनी यादव, स्वेता पोखरेल, सौजल साही, मुन्द्रिका महतो, गरिमा परियार, रितु महतो, आरती काफ्ले, कविता विक, बालकृष्ण साह, प्रिन्स महतो, ओम प्रकाश, प्रभास भट्टराई, बिबिसा महतो

बाल क्लबका अन्य पदाधिकारीहरू पहिलो बैठकबाट चयन गरिने जनाइएको छ।

नवनिर्वाचित अध्यक्षद्वय रोजिना घिमिरे र प्रतिष्ठा पौडेलले आफूलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै संस्था र विद्यालयको गरिमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको