सर्लाहीमा विवादपछि मतदान सहज, सुरक्षा अवस्था मजबुत : सीडीओ कडरिया


सर्लाही। सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामराज कडरियाले केही स्थानमा सामान्य विवाद भए पनि अहिले जिल्लाभर मतदान सहज रूपमा भइरहेको बताएका छन्।

बलरा-४ स्थित श्री प्राथमिक विद्यालयको मतदान केन्द्रमा दलका प्रतिनिधिबीच विवाद हुँदा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। झडपपछि सीडीओ कडरिया प्रहरी प्रमुखसहित घटनास्थलमा पुगेका थिए।

‘पार्टीका प्रतिनिधिबीच हल्का विवाद भएर केहीबेर अशान्ति देखिएको मात्रै हो, अहिले सबै सुचारु भइसकेको छ। मतदाता खुसी छन्,’ सीडीओ कडरियाले बताएका छन्।

उनका अनुसार अहिले सबै विवाद समाधान भइसकेका छन् र सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। ‘सुरक्षा टोली तुरुन्तै खटिएको छ। मतदाताहरू लाइनमा बसेर मतदान गरिरहनुभएको छ। कहीं पनि मतदान स्थगित भएको छैन,’ उनले भने।

यसअघि बलरा-१ मा पनि केहीबेर तनाव भएको थियो। विगतका निर्वाचन अनुभव र सम्भावित चुनौतीलाई ध्यानमा राख्दै यसपटक सुरक्षा अवस्था सुदृढ बनाइएको प्रशासनले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको