सिरहामा बिहान ९ बजेसम्म १५ प्रतिशत मतदान


सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहामा बिहान ९ बजेसम्म १५ प्रतिशत मतदान भएको छ।

जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

सिरहामा प्रतिनिधिसभा निर्वाचनका लागि कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन् भने ५३१ मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचन क्षेत्रअनुसार मतदाता संख्या यसप्रकार छः

  • सिरहा-१ : १,११,९४९
  • सिरहा-२ : १,१५,७६०
  • सिरहा-३ : १,१९,२५०
  • सिरहा-४ : १,०६,६८६

मतदान शान्तिपूर्ण रूपमा जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको