रातु पुलमा एक बम विस्फोट, अर्को डिस्पोज गर्न नेपाली सेना सक्रिय


महोत्तरी/धनुषा। रातु पुल क्षेत्रमा फेला परेको दुई शंकास्पद वस्तुमध्ये एउटा बम विस्फोट भएको छ भने अर्को बमलाई निष्क्रिय पार्न नेपाली सेना को बम डिस्पोजल टोली सक्रिय भएको छ।

आज दिउँसो करिब २:३५ बजे महोत्तरी र धनुषाको सिमानास्थित पुलमा शंकास्पद वस्तु देखिएपछि स्थानीय युवाले नजिक पुग्दा एक्कासी विस्फोट भएको थियो। विस्फोटमा परी एक जना युवक घाइते भएका छन्। उनको छाती तथा हातखुट्टामा चोट लागेको जनाइएको छ।

घटनापछि सुरक्षाकर्मीले तत्काल क्षेत्रलाई नियन्त्रणमा लिई सर्वसाधारणको आवतजावत रोकेका छन्। हाल नेपाली सेनाको टोलीले अर्को बम सुरक्षित रूपमा डिस्पोज गर्ने कार्य गरिरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन र तुरुन्त सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको