वीरगन्ज। वीरगन्ज-११ श्रीपुरमा आइतबार बेलुकी दुई फरक समुदायबीच विवाद भएपछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
आइतबार साँझ केही युवाबीच सामान्य विवाद भई कुटपिटमा परिणत भएपछि सोही विषयलाई लिएर तनाव चर्किएको हो। एउटै टोलका दुई समुदायबीच आपसी आक्रमणको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ। एक समूहले प्रहरीको घेरा तोडेर अर्को समुदायतर्फ अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्दै भीडलाई तितरबितर पारेको थियो।
क्षेत्रमा अहिले पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन।









