चन्द्रनिगाहपुरमा ब्राउन सुगरसहित चार जना पक्राउ


४ फागुन, रौतहट। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चन्द्रपुर-४ क्षेत्रबाट वडा नम्बर-१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामालाई नियन्त्रणमा लिएको थियो। उनको शरीर खानतलासी गर्दा लगाएको जिन्सको खल्तीबाट ब्राउन सुगर सेवन गर्न प्रयोग हुने रु. ५ को फोल्ड, ब्लेडलगायत सामग्री फेला परेको प्रहरीले जनाएको छ।

उनलाई सोधपुछ गर्ने क्रममा प्राप्त सूचनाका आधारमा प्रहरीले चन्द्रपुर-४ गणेशचोकस्थित दुर्गाबहादुर घलेको घरमा डेरा गरी बस्ने अन्य तीन जनालाई समेत पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुर गाईघाटकी २३ वर्षीया प्रिया तामाङ, चन्द्रपुर-४ बस्ने ३५ वर्षीय राज बलम पाख्रिन मगर र २९ वर्षीय प्रशान्त तामाङ रहेका छन्। उनीहरूबाट २ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख रुपा लाबुङका अनुसार पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको