कटानी-बनबोहरीमा घण्टीको गुञ्जन: चन्द्रपुर-७ मा चुनावी माहोल उत्साहपूर्ण


२४ माघ, रौतहट। कटानी र बनबोहरी क्षेत्रमा बजेको घण्टीको गुञ्जनले चुनावी माहोल थप उत्साहजनक बनेको छ। बस्ती–बस्तीमा देखिएको जनसहभागिता र आत्मीय स्वागतले परिवर्तनप्रतिको अपेक्षा झन् बलियो बनेको देखिन्छ।

नगर सभापति अरुण लामा सहितको नगर टिम र वडा सभापति पूर्णदेव चौधरी नेतृत्वको वडा टिमको सक्रिय व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा उम्मेदवारले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको आशा, अपेक्षा र समस्याबारे छलफल गरेका थिए। स्थानीयले आफ्ना जिज्ञासा र गुनासाहरू खुलेर राख्दा उम्मेदवारले विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीय महिलाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप ऊर्जाशील बनाएको थियो। उम्मेदवारसँगै घण्टी बजाउँदै स्थानीयवासीहरूले परिवर्तनको चाहना प्रकट गरेका थिए, जसले समग्र वातावरण घण्टीमय बनेको थियो।

उम्मेदवारले जनतासँगको सहकार्य र सहभागितामूलक योजना निर्माणलाई प्राथमिकतामा राख्दै स्थानीय समस्या समाधान, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका स्पष्ट योजनाहरू प्रस्तुत गरेका थिए।

कटानी र बनबोहरीमा देखिएको जनउत्साहले परिवर्तनप्रतिको विश्वास अझ मजबुत बनेको संकेत दिएको छ। स्थानीयको साथ, सहयोग र विश्वासले आगामी दिनमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको