सिरहामा अज्ञात समूहद्वारा गोली प्रहार, एक जनाको मृत्यु


१६ माघ, सिरहा। सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।

सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवमाथि शुक्रबार दिउँसो करिब पौने ४ बजे सिरहा नगरपालिका-७ स्थित मैनावती खोलाको छेउमा गोली प्रहार गरिएको हो। गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको