लागू औषध गाँजासहित तीन भारतीय नागरिक पक्राउ


पर्सा। विशेष सूचनाका आधारमा प्रहरीले पर्सा जिल्लाको पर्सागढी नगरपालिका-९, बडेर्वा पेट्रोलपम्प नजिकैबाट तीन जना भारतीय नागरिकलाई लागुऔषध (गाँजा) सहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ कात्तिक २६ गते दिउँसो करिब १२ बजे नेपालबाट भारततर्फ संकास्पद रुपमा पैदल हिँडिरहेका ती व्यक्तिहरूलाई प्रहरी चौकी मनवाबाट खटिएको टोलीले रोकि चेकजाँच गर्दा उनीहरूको साथबाट गाँजा फेला परेको हो।

पक्राउ परेकाहरूको विवरण यसप्रकार छः

  1.  भारत विहार राज्यको बैशाली जिल्ला, विदुपुर ग्रामका २३ वर्षीय राजा कुमारको साथबाट प्लास्टिकसहित ३ किलो १९० ग्राम गाँजा।
  2.  सोही राज्य, राजामाइकल पञ्चायतका २३ वर्षीय बिशाल कुमारको साथबाट प्लास्टिकसहित ३ किलो २५० ग्राम गाँजा।
  3.  बिहारकै छपरा जिल्ला, सोनपुर ग्राम–३ निवासी २४ वर्षीय पिन्टु कुमारको साथबाट प्लास्टिकसहित ३ किलो ३०० ग्राम गाँजा।

उनीहरूको साथबाट बरामद गरिएको कुल गाँजा (प्लास्टिक बाहेक) ९ किलो ३८० ग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई बरामद गाँजासहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। यस सम्बन्धमा लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको