ढल्केबरमा ट्रकले मोटरसाइकललाई ठक्कर, चालक गम्भीर घाइते


धनुषा। धनुषाको मिथिला नगरपालिका-७, ढल्केबरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बर्दिबासतर्फबाट आइरहेको को १ ख ५५७१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०२-००२ प १८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा बट्टेश्वर गाउँपालिका-१ का २८ वर्षीय कृष्णदेव महतो गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुरस्थित एक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि ट्रक र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको