वीरगन्जमा प्रतिबन्धित लागूऔषधसहित दुई युवक पक्राउ


वीरगन्ज – वीरगन्जबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका–५ का १९ वर्षीय पुष्पेन्द्र पाण्डे र भारतको बिहार राज्य, रक्सौलका १९ वर्षीय सचिन कुमार सिंह रहेका छन्।

आइतबार राति वीरगन्जबाट काठमाडौं जाँदै गरेको एक सार्वजनिक रात्रिबसलाई प्रहरीले वीरगन्ज-१४ गण्डक चोकमा रोकि तलासी लिँदा उनीहरू पक्राउ परेका हुन्। बसमा सवार पाण्डे र सिंहको साथमा रहेको कालो ब्यागबाट ट्रामाडोल क्याप्सुल २३ हजार ८८० थान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखी थप अनुसन्धान अघि बढाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको