२९ असोज, महोत्तरी – अनुराग कुमार यादव। महोत्तरीको गौशाला नगरपालिका क्षेत्रका विभिन्न स्थानबाट जुवा तथा तास खेलिरहेका पाँच जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।
मिति २०८२ असोज २५ गते दिउँसो करिब ५:५० बजे गौशाला नगरपालिका-८ बेलगाछीस्थित रमेश यादवको उखु खेतमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले छापा मारी दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा
१. महोत्तरी, औरही नगरपालिका–४ का २५ वर्षीय अनिल सहनी
२. भारतको बिहार राज्य, सितामढी जिल्लाको हरिबेला ग्राम पंचायतका ४० वर्षीय बेचन महतो रहेका छन्।
उनीहरूको साथबाट नेपाली रुपैयाँ ८७ हजार ५९० र भारतीय रुपैयाँ ५ हजार २० फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, मिति २०८२ असोज २७ गते दिउँसो करिब ३:०० बजे गौशाला नगरपालिका–११ लक्ष्मिनियास्थित पानी ट्याङ्की भवनमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा
१. गौशाला नगरपालिका–१२ का ४२ वर्षीय सुरेन्द्र सिंह
२. सोही ठाउँका ४२ वर्षीय राजेश्वर सिंह कुशवाहा
३. ३७ वर्षीय मकेश्वर सिंह कुशवाहा रहेका छन्।
उनीहरूको साथबाट नेपाली रुपैयाँ ३९ हजार ११० र भारतीय रुपैयाँ ६०० फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय गौशालामा राखी जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।











