सुनसरीमा गोली हानी एक व्यक्तिको हत्या


सुनसरी। सुनसरीको रामधुनी नगरपालिका–२ कर्मन्या टोलमा शनिबार साँझ एक व्यक्तिको गोली हानी हत्या भएको छ।

मृतक ४७ वर्षीय दिनेश चौधरी स्थानीय बासिन्दा तथा सफारी चालक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा आएका युवाहरूको समूहले चौधरीमाथि गोली प्रहार गरी फरार भएको हो।

गोली लागेर गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। घटनापछि प्रहरी टोली घटनास्थल पुगेको र फरार रहेका अभियुक्तहरूको खोजी तीव्र गरिएको प्रहरीले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको