बर्दिबास स्वतन्त्र युवाद्वारा नगरपालिकामा ज्ञापनपत्र


बर्दिवास, महोत्तरी। बर्दिवास स्वतन्त्र युवा (बर्दिवास रेभुलेसन) ले शुभस्वस्तिक अस्पतालमा भएको लापरबाहीप्रति आपत्ति जनाउँदै बर्दिवास नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा भनिएको छ कि सिटी स्क्यानको क्रममा एपेन्डिक्स नभएको व्यक्तिलाई एपेन्डिक्स भएको भनी गलत रिपोर्ट तयार गरी उपचारका लागि सल्लाह दिइएको थियो। उक्त रिपोर्ट गलत भएको जनसेवा अस्पतालको परीक्षणबाट पुष्टि भइसकेको पनि उल्लेख छ।

 

युवाहरुले बिरामी मन्दिप चुरौटेको रिपोर्टमा देखिएको गम्भीर त्रुटि विषयमा असोज २२ गते सर्वपक्षीय छलफलबाट निष्कर्षमा पुगिएको र सहमति बनेको अवस्थामा पनि शुभस्वस्तिक अस्पतालले त्यसै राति जारी गरेको प्रेस विज्ञप्तिले भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन्।

ज्ञापनपत्रमा भनिएको छ, “स्वास्थ्य जस्तो संवेदनशील विषयमा भएको गल्ती पुनः नदोहोरियोस् भन्ने उल्लेख गरिएको छ ।

युवाहरूमध्ये सर्वपक्षीय छलफलबाट बनेको सहमतिको विपरीत गल्ती स्वीकार नगरी युवाहरूमाथि नै दोषारोपण गर्नु अस्पताल प्रशासनको गैरजिम्मेवार व्यवहार भएको आरोप लगाइएको छ।

बर्दिवास स्वतन्त्र युवाले अस्पतालको यस्ता कार्यले दीर्घकालीन रूपमा स्वास्थ्य क्षेत्रमा विश्वास घटाउने र सेवाग्राहीहरूमा त्रास सिर्जना गर्ने खतरा रहेको भन्दै शुक्रबार बर्दिबास नगरपालिकका मेयर प्रहलाद कुमार क्षेत्रीलाई १३८ जना युवाहरूले सामुहिक हस्ताक्षर सहित ध्यानाकर्षण गराएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको