डा. सीके राउत मधेश मुक्तिको निर्विकल्प आवाज : उपाध्यक्ष डा. जयकान्त राउत


जनकपुर – चन्दन रजक ।

जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले अध्यक्ष डा. सीके राउतलाई मधेशका शोषित, उत्पीडित र आवाजविहीन वर्गको चेतनाका प्रतीक भन्दै उहाँविरुद्धको कुनै पनि प्रहारलाई दृढतापूर्वक प्रतिवाद गर्न नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गरेका छन्।

उनका अनुसार मधेशको राजनीतिक नक्सा डा. राउतको नेतृत्वमा फेरिएको छ । Gen-Z सहित युवा पुस्ता खुलेरै उहाँको विचारसँग जोडिँदै गएपछि मधेशमा अभूतपूर्व राजनीतिक पुनर्जागरण आएको उनले बताए।

डा. राउतको लोकप्रियताले विचलित विरोधीहरूले विगत एक वर्षदेखि पार्टी र नेतृत्वमाथि कपोलकल्पित प्रचार र घेराबन्दी गर्दै आएको आरोप उपाध्यक्ष राउतको छ। उनले मधेश विरोधी तत्वको षड्यन्त्रबाट सचेत रहि संगठनात्मक एकता र उद्देश्यप्रति अडिग रहन सम्पूर्ण कार्यकर्ता र समर्थकलाई आग्रह गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको