किसानको पीडा बेवास्ता: स्मार्ट कृषि मिटर महिनौं देखि नस्ट, गाउँपालिका मौन


२ साउन, सिरहा – भोगेन्द्र कुमार यादव

सिरहा जिल्लाको औरही गाउँपालिका वडा नम्बर ३ करहरवामा रहेको करहरवा चौकदेखि ८०० मिटर उत्तरपट्टि रहेको स्मार्ट कृषि मिटर विगत एक महिनादेखि नष्ट अवस्थामा रहे पनि गाउँपालिकाले कुनै चासो नदेखाएको किसानहरुले गुनासो गरेका छन्।

समस्या गम्भीर बनेको छ। स्मार्ट कृषि मिटर बिग्रिएपछि विद्युत आपूर्ति बन्द हुँदा करिब ५ दर्जन भन्दा बढी किसानको सिचाइ प्रभावित भएको छ। खेतीयोग्य जमिनमा धान लगाउने प्रमुख समयमै विद्युत अभाव हुँदा किसान अत्यन्तै चिन्तित बनेका छन्।

योजनाको मिटर नष्ट हुँदा समेत वडा नम्बर ३ का जनप्रतिनिधिहरु समस्या समाधानमा उदासीन देखिएका छन्। गाउँपालिका उपाध्यक्ष स्वयम् करहरवाकी रेणु कुमारी यादव हुन् र वडा अध्यक्ष जिवछ यादव हुन्, तर दुबै जना किसानको पीडाप्रति बेवास्ता देखिएको स्थानीयको आरोप छ।

भोट लिने बेलामा चाकरी गर्छन्, तर समस्याको बेला लुकेर बस्छन्। लाज लाग्दैन? स्थानीय एक वृद्ध किसानको भनाइ पुराना अगुवाहरूको सक्रियता, निजी लगानीमा मिटर पुनः जडान ।

स्थानीय जनप्रतिनिधिहरू मौन रहँदा पूर्व वडा अध्यक्ष बिशुन्देव यादव, र पूर्व शिक्षक हरिनारायण यादव तथा सामाजिक कार्यकर्ता कामेश्वर यादवको पहल र सक्रियतामा समस्या समाधान गरिएको छ ।

यस कार्यमा कामेश्वर यादवले समस्या पहिचान गरी आवश्यक जानकारी गराएका छ र उहाँकै संयोजनमा मिटर जडान गर्ने प्रक्रिया अघि बढाइएको हो।

उक्त काममा बिशुन्देव यादवले रु ३०,०००/- बराबरको व्यक्तिगत लगानी गरेका छ, भने गाउँपालिकाका अध्यक्ष शिवजी यादवले पनि रु १७,०००/- सहयोग गरेका थिए। सोही लगानीमा नयाँ मिटर जडान गरेर कृषि विद्युतीकरण पुनः सुचारु गरिएको छ । , जसले किसानलाई तत्काल राहत दिएको छ ।

कृषि मुख्य पेशा भएको गाउँमा यस्ता प्रविधिक समस्या समाधान नगरिँदा उत्पादनमा भारी असर पर्ने देखिन्छ। किसानहरू स्थायी र भरपर्दो समाधानको माग गर्दैछन्।

आज मिटर बिग्रिएको छ, भोलि मोटर नै जल्न सक्छ, कहिलेसम्म निजी लगानीमै खेती गरिरहनु? एक महिला किसानको भनाइ छ।

स्थानीयवासीहरू अब नेतृत्व परिवर्तनको सोचमा समेत पुगेका छन्। हामी भोट तिनीहरूलाई खेती सहज होस् भनेर दिने हो, होइन कि पाँच वर्ष लुक्न पाइयो भनेर, अर्का किसानको भनाइ।

कृषकहरूका लागि कृषि मिटर जीवन र जग्गाको आधार बनेको छ। तर, यस्तो संवेदनशील विषयमा जनप्रतिनिधिहरूको मौनता गम्भीर चिन्ताको विषय हो। जिम्मेवार नेतृत्व र समयमै मर्मत सम्भार नहुँदा केवल मिटर होइन, जनताको विश्वास पनि नष्ट हुँदै जान्छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको