अहिले देशभर मनसुन वायुको प्रभाव: ‘यि स्थानमा छ वर्षाको सम्भावना ?’


असार ३१ । अहिले देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदार स्थानको दक्षिणमा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको