२८ असार, ललन मण्डल । बर्दिवास नगरपालिका –९ का वडाध्यक्ष घुरन महतोले आफ्ना भाञ्जाको सहकारीलाई अवैध सिफारिस दिएका छन् । सबैको साथि कृषी सहकारी संस्था लि. दर्ताका लागि वडाध्यक्ष महतोले आफ्ना भाञ्जा अचिन्त कुमार सिंहलाई अवैध सिफारिस दिएका हुन् ।

सहकारी नियमावली २०७६ को परिच्छेद ३ को (१०) को सदस्यहरूको योग्यतामा वडास्तरका सहकारीका सदस्य सोही वडाका स्यायी वासिन्दा हुनु पर्ने उल्लेखछ । तर, वडाध्यक्ष महतोले गा.वि.स किशाननगर साविक ४ हाल बर्दिवास नगरपालिका ७ बस्ने नन्द किशोर महतोको छोरा देवराज कुमार महतोलाई बर्दिवास नगरपालिका– ९ का स्थायी वासिन्दा भनी सिफारिस दिएका छन् । जुन सरासर अवैध देखिन्छ ।
भाञ्जा नाता पर्ने भएकाले नै उनले कानुन, मिचेर सिफरिस दिएको पाइएको छ । देवराज सो सहकारीका कोषाध्यक्ष हुन् । उनका वाजे, बुवा सबै वडा नं ७ का वासिन्दा हुन् । उनीहरूको मतदाता नामावली पनि वडानंं ७ मै रहेको वडानंं ७ का वडाध्यक्ष राम सोगारथ यादव (भोरिल) ले बताए । वडाध्यक्ष भोरिल समेत सो सिफारिस अवैध भएको बताउँछन् ।
वडाध्यक्ष महतो भने मैले दिने सिफरिसमा चासो नलिन जवाफ दिएका छन् । उनले भने ‘सिफारिस मैले दिने हो, मैले दिएको सिफारिसमा कसैले चासो लिन आवश्यक छैन ।’ सिफारिस पाउने महतोको नागरिकता प्रमाणपत्रमा पनि साविक किसाननगर गाविस– ४ हाल बर्दिवास नपा – ७ को ठेगाना उल्लेख छ ।

यस बिषयमा सहकारीको सचिब रमेश महतो संग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्कमा आएंन /



















