रौतहट, असार २६ । प्रहरीका अनुसार रौतहटको इशनाथ नगरपालिकामा गएराति इशानाथ–९ लवतानाका १८ वर्षीय साहबाज मिया आलमको हत्या भएको हो ।
आलमको शव शनाथ नगरपालिका–२ औरैयास्थित नगरपालिका कार्यालय अगाडिको बगैंचामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अज्ञात समूहले पेटमा धारिलो हतियार प्रहार गर्दा मियाको घटनास्थलमै मृत्यु भएको हो ।
एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार प्रहार भएको आशंका छ’,
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको एसपी घिमिरेले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले भने, गएरातिदेखि नै घटनाको अनुसन्धान थालेको छौं।









