विराटनगर, असार २५ । असार महिनामा मात्रै खर्चको ठूलो हिस्सा २ अर्ब ३० करोड ३५ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २८ अर्ब ३६ अर्ब ७८ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।
यो खर्चको ठूलो हिस्सा असार महिनामा मात्रै खर्च भएको छ ।
प्रदेश लेखा कार्यालय कोशीका सूचना अधिकारी ऋषिकुमार खनालका अनुसार असार महिनामा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।
खर्चको अन्तिम दिन सोमबार मात्रै २ अर्ब ३५ करोड ८८ हजार रुपैयाँ खर्च भएको छ ।
कोशी प्रदेश सरकारले गत जेठसम्म २० अर्ब १७ करोड मात्रै खर्च गरेको थियो । वैशाख महिनामा ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
जसमा चालुका लागि १५ अर्ब ९३ करोड ३५ लाख ६२ हजार रुपैयाँ र पूँजीका लागि २० अर्ब ८७ करोड ५५ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
कोशी सरकारले पुँजीगततर्फ १६ अर्ब ३६ अर्ब ६ लाख ४४ हजार र चालुतर्फ १२ अर्ब ७२ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ ।
कोशीले चालु आर्थिक वर्षमा ल्याएको बजेटमध्ये ८ अर्ब ४५ करोड ११ लाख ९७ हजार रुपैयाँ खर्च हुन सकेको छैन ।










