असार २४ । तलाउमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ को गाउँमा जमेको पानीको पोखरीमा नुहाउने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको जानकारी दिए ।
पुर्नवास नगरपालिका–५ की १५ वर्षीय सिर्जना बोगती र १६ वर्षीया लक्ष्मी बोगतीको डुबेर मृत्यु भएको डिएसपी जोशीले जानकारी दिए ।
उनका अनुसार उनीहरुसँगै नुहाउन गएकी १६ वर्षीया आरती बोगती बेपत्ता भएकी छिन् ।
आरतीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।










