सुनको मूल्य प्रतितोलामा एक हजार ९ सय रुपैयाँले वृद्धि


काठमाडौं, असार ८ । यो साता सुनको भाउ तोलामा एक हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार (असार २) सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत जेठ ३२ गते सुनको भाउ प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कायम भएको र अर्को साताको पहिलो कारोबार आइतबार १ लाख ४२ हजार ८ सय रुपैयाँमा कायम भएको थियो । यत्यसको भोलिपल्ट असार ३ गते अर्थात सोमबार एक लाख ४२ हजार २ सय रुपैयाँ घटेर मंगलबार र बुधबार पनि सोही मूल्य कायम भयो ।

बिहीबार सुनको भाउ १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको थियो भने भोलिपल्ट अर्थात् शुक्रबार सुनको भाउ १ लाख ४४ हजार ७ सय रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ । असार २ देखि असार ७ सम्मको एक सातामा सुनको भाउ एक हजार ९ सयले बढेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि एक सातामा तोलामा ४५ रुपैयाँले बढेको छ । जसअनुसार असार २ गते चाँदी प्रतितोला १८ सय २०, ३ गते १८ सय, ४ गते १८१५, ५ गते १८०५ र ६ गते १८ सय ४० रुपैयाँमा कारोबार भयो । त्यसैगरी साताको कारोबारको अन्तिम दिन शुक्रबार १८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको