दाङ, असार ६ । रूकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। थप ६ जना घाइते भएका छन्।
दुर्घटनामा परी चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्रीको उपचारको क्रममा मिसन अस्पतालमा बिहान साढे ११ बजे मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार दुर्घटनामा परी चौरजहारी नगरपालिका–११ का ९ वर्षीय डिल्ली डाँगी, चौरजहारी–१२ का ४३ वर्षीय बलु जैसी, १२ वर्षीया कल्पना वली, ४३ वर्षीय शरद शर्मा, चौरजहारी–५ का २३ वर्षीय चालक लक्ष्मण कुमाइ र २० वर्षीय विकास कुमाइ घाइते छन्।
घाइतेमध्ये ९ वर्षीय डिल्ली डाँगी र चालक लक्ष्मण कुमाइको अवस्था सामान्य रहेको छ । अन्य घाइतेको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले जानकारी दिए ।
बिहीबार बिहान १० बजेतिर चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणको लागि ढुँगा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३-००१ त ०००१ नम्बरको ट्रयाक्टर ब्रेक फेल भई सडकदेखि झन्डै ८० मिटर तल खसेको थियो।










