आज यी स्थानमा अत्याधिक वर्षा हुने,”कहाँकहाँ कति वर्षा हुने सम्भावना ?”


काठमाडौं, असार ५ । हाल मनसुन प्रणालीको प्रभाव देशको पूर्वी भूभागमा परेको छ । बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार वरपरको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्ण बदली, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

*कहाँ कति पानी पर्‍यो ?
गण्डकी र कोशी क्षेत्रका केही स्थानमा पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा लमजुङको घरेढुंगामा १२८ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

मनसुनी वायुको प्रभावले कोशी क्षेत्रका अधिकांश स्थानमा भारी वर्षा भएको छ । यस वर्ष पनि त्यहाँ औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । पछिल्लो २४ घण्टामा सुनसरीको चत्रामा १२५ दशमलव ८, धरानमा १ सय १५ दशमलव ८, मोरङको लेटाङमा १ सय ३१ दशमलव ४, मोरङको हरैंचामा १ सय ८ दशमलव ८, इलामको सोक्तिम चिया बगान क्षेत्रमा १ सय २० मिलिमिटर वर्षा भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको