काठमाडौँ, असार ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो वाग्मती, मधेश, कोशी र गण्डकीलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा मधेस प्रदेश लगायतका भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ
कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।










