काठमाडौं, असार २ । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । यो सन् २०४६ यताकै उच्च तापक्रम हो ।
२०४६ साल वैशाख २५ गते सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’
विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९।४ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड हो । तर त्यो सरदारले गत वर्षदेखि अधिकतम तापक्रमको रेकर्ड तोड्दै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि सन् २०२० सम्मको अवधिको अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले बढेको छ ।
जुन महिनामा मात्रै तातो दिनको प्रवृत्ति ०.०५ डिग्री सेल्सियसले बढेको छ ।
मे र जुनलाई सबैभन्दा तातो अर्थात् गर्मी महिना मानिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जुन ८, ९ र १० गते अर्थात असार २६, २७ र २८ गते अधिकतम तापक्रम ३१ दशमलव ९, ३३ दशमलव ८ र ३४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।










