पाल्पामा शिविरबाट फर्किएका यात्रु बोकेको गाडी दुर्घटना हुँदा ९ जना घाइते


पाल्पा, असार २ । पाल्पामा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

पाल्पाको निस्दी गाउँपालिका–४ झ्यालिङमा कच्ची सडकखण्डमा बा १५च ५९४ नम्बरको स्कारपिओ गाडी दुर्घटना हुँदा त्यसमा सवार ९ जना घाइते भएका हुन्।

उक्त गाडीमा शिविर सञ्चालनका लागि गएका टोली सहित अन्य व्यक्तिहरू चढेको पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

स्थानीय होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीस्थित डेण्टल शिविरमा गएर उनीहरु रामपुर फर्किरहेका थिए ।

गाडी अनियन्त्रित भई सडकको भित्तामाठोक्किँदा चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पाल्पाको रामपुर नगरपालिका–५ की २१ वर्षीया डोल्मा खण्डाल, वडा नं ९ की २८ वर्षीया रचना राना, वडा–५ की २० वर्षीया अनिशा सिंह ठकुरी र २० वर्षीया सबिना राना, २३ वर्षीया ममता श्रेष्ठ,वडा.४ की १९ वर्षीया श्रृया रूचाल, वडा(५ का १९ वर्षीया दीपा हिस्की मगर, चालक ३० वर्षीय मोहन अर्याल र ३४ वर्षीय शंकर श्रेष्ठ घाइते छन्।

उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको