कारसँग बस ठोक्किएर बस त्रिशुली किनारमा खस्यो , घाइते २० मध्ये पाँच जनाको अवस्था गम्भीर


धादिङ, जेठ ३२ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भी१ख ४०६० नंको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिन जाँदै गरेको बागमती प्रदेश नम्बर ०२–०३९च ३७२० नम्बरको बस एक आपसमा ठोक्किएर नदी किनारमा खसेको हो ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ । कार बचाउन खोज्दा बस नदीको किनारमा खसेको प्रत्यक्षदर्शीले बताए ।

कारमा सवार ५ जना गम्भीर घाइते भएको भने कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले बताए । बसमा ४५ यात्रु सवार थिए । सबै यात्रुको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको स्थित जिल्ला ट्राफिक प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको