काठमाडौं, जेठ १८ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ । बैठक दलको कार्यालय केहीबेरअघि सिंहदरबारमा पार्टीको बैठक सुरु भएको थियो ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी आर्थिक वर्षको प्रारम्भिक बजेटलगायतका विषयमा छलफल भइरहेको एक सांसदले बताए ।
त्यसैगरी पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटको छलफलमा कसरी सहभागी हुने भन्नेमा पनि सांसदहरुरूले धारणा राखिरहेका छन्।
प्रतिनिधिसभाको बैठक वैशाख २० गते बोलाइएको छ । आइतबारदेखि बजेटमाथिको छलफल सुरु हुनेछ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ ।









