गृहमन्त्रीको खानामा काँडा भेटिएको विषयमा दुई जनासँग सोधपुछ, सचिवालयद्वारा खण्डन


काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनका लागि पुगेका गृहमन्त्री सुधन गुरुङले खाएको अण्डाको अम्लेटमा माछाको काँडा भेटिएको विषयलाई लिएर दुई जना भान्छेसँग प्रहरीले सोधपुछ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनाबारे स्पष्टता ल्याउन दुई जनालाई बोलाएर सोधपुछ गरिएको हो । प्रहरीका एसपी रामेश्वर पौडेलले भने, “के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाइएको हो, नियन्त्रणमा लिएको भन्ने कुरा होइन।”

घटनाका अनुसार गृहमन्त्री गुरुङले चितवनको एयरपोर्ट नजिकैको एक होटलमा अम्लेट खाएका थिए । सो क्रममा अण्डाको अम्लेटमा माछाको काँडा भेटिएको दाबी गरिएको छ । त्यसपछि घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।

तर, गृहमन्त्रीको सचिवालयले भने कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको स्पष्ट गर्दै उक्त समाचारको खण्डन गरेको छ । सचिवालयले घटनालाई अतिरञ्जित गरी प्रस्तुत गरिएको बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको