६३ वर्षीय लच्छी चन्दका हत्यामा संलग्न रहेको एक जना पक्राउ


कञ्चनपुर, जेठ ३ । बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको हो । भण्डारीलाई सोही नगरपालिकाको वडा न.६ दुम्लीमा बिहान ४ बजे ट्याक्टर ट्रलीको भुसभित्र सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो । भण्डारीले बुधबार राति ८ बजे चन्द घरतर्फ जाँदै गरेको बेला ढुङ्गा प्रहारबाट गम्भीर घाइते बनाएका थिए ।

घाइते चन्दलाई तत्कालै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको भएपनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा लगिएको थियो । प्रहरीका अनुसार चन्दको उपचारका क्रममा मृत्यु भएको हो । हत्यामा संलग्न भण्डारी बैतडीको दोगडा केदार गाउँपालिका–४ का स्थानीय बासिन्दा रहेको बताइएको छ ।

उनी केही दिनदेखि बेलौरीमा बस्दै आएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको