सिंहदरबारमा तीन शीर्ष नेता प्रचण्ड, ओली र रविबीच छलफल


काठमाडौं, जेठ २ । सत्तारुढ दलका तीन शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको थियो ।

तीन नेताबीच भोलिको संसद बैठक र संसदीय छानबिन समितिबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले पनि आज बिहान प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् ।

घिमिरेले संसदको अवरोध हटाउने विषयमा सत्तारुढ दलले चाँडै निष्कर्षमा पुग्नेगरी छलफल अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रतिनिधिसभाको बैठक भोलि ११ बजेका लागि बोलाइएको छ ।

कांग्रेसले संसदीय छानबिन समिति नबने भोलिको बैठकमा पनि अवरोध गर्ने रणनीति बनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको