काठमाडौं, फागुन १७ गते ।
नेकपा (एमाले)ले लघुवित्त पीडितलाई रिहा गर्न माग गरेको छ ।
संघीय संसद भवन परिसरमा पुगेर विरोध प्रदर्शन गरेका लघुवित्त पीडितलाई प्रहरीले पक्राउ गरेको थियो ।
राष्ट्रियसभा सदस्य विमला घिमिरेले लघुवित्त पीडितलाई रिहा गर्न माग गरेकी छिन् । उनले मिटर ब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेकी छिन् ।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले काठमाडौंमा आन्दोलन गरिरहेका लघुवित्त र मिटर ब्याज पीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
सरकारले आफ्नो कुरा नसुनेपछि लघुवित्त पीडितले संसद भवन परिसरमै आन्दोलन गर्नुपरेको उनले बताए । उनले भनिन्, ‘प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई निःशर्त रिहा गरिनुपर्छ ।
फागुन १४ गते लघुवित्त पीडितहरूले नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा प्रदर्शन गरेका थिए ।
(न्युज एजेन्सी नेपाल) / सेतोपाटी











