विराटनगर, फागुन ९ गते ।
कोशी प्रदेश सरकार र प्रदेश १ को नाम परिवर्तन संघर्ष समितिबीच दोस्रो पटक वार्ता सुरु भएको छ । विराटनगरस्थित होटल स्टर्न स्टारमा दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो ।
सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगु, उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्री र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सहभागी छन् ।
त्यसैगरी वार्ता टोलीमा पहिचानवादीका तर्फबाट डाकेन्द्रसिं थेगिम, प्रेम एक्तेन, अर्जुन जम्नेली राईलगायतको सहभागिता रहेको छ । माघ २६ गते भएको वार्तामा पाँच बुँदे सहमति भएको थियो । त्यसबेला पहिचानका पक्षधरहरुले निषेध आन्दोलन फिर्ता लिने र शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने र सरकारले आन्दोलनकारीमाथिको मुद्दा फिर्ता लिने त्यसबेला सहमति भएको थियो ।
सोही सहमति दुवै पक्षको सहमतिमा फागुन १० गतेअघि वार्ता हुने पनि उल्लेख थियो । सोही सहमति अनुसार दोस्रो पटक वार्ता भएको हो ।
श्रोत रातोपाटी











