काठमाडौं, माघ १६ गते ।
अभिनेता सलिनमान बानियान ‘युनिभर्सिटी अफ गुन्डाज’बाट अभिनयमा फर्किएका छन् । उनले ५ वर्षअघि फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ मा अभिनय गरेका थिए ।
मंगलबार फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा कलाकार सलिन र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ ।
चलचित्रमा अभिनेता सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् । फिल्म सलोनको होम प्रोडक्सन ब्यानर सलोन–सलिना फिल्म्समा निर्माण हुनेछ । ‘ए मेरो हजार २’ र ‘यात्रा’ पछि सलोन र सलिनमान तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्दैछन् ।
यो फिल्म अर्को वर्षदेखि सुटिङमा जानेछ । चलचित्रको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ । निर्माण टिमले चलचित्रका निर्देशक, प्राविधिक आदिको जानकारी क्रमशः सार्वजनिक गर्ने तयारी गरेको छ ।











