काठमाडौँ, माघ ११ गते ।
पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा रहेको एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
बुधबार दिउँसो ३ बजेतिर आगलागी भएको हो । राति ९ बजे मात्रै आगो पूर्ण रुपमा निभाइएको थियो । घाइतेमध्ये आठ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
६ तले व्यावसायिक तथा आवासीय इँटा–कङ्क्रिटको संरचनाको तहखानेबाट आगलागी भएको हो । बेसमेन्टमा रहेको शीत भन्डारको मर्मतका लागि गैरकानूनी रूपमा कामदारहरूले आगो प्रयोग गरेपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धानका क्रममा सुरक्षा अधिकारीहरूले १२ जनालाई नियन्त्रणमा लिएका छन् । सिन्ह्वारन्युज एजेन्सी नेपाल
श्रोत १२ खरी











