इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा भए दोषी ठहर


काठमाडौं, माघ ७ गते ।

नागरिक सहकारीका निर्देशक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले सम्पत्तिको स्रोत नखुलेको भन्दै उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनलाई ३ वर्षभन्दा बढी कैद सजाय हुन सक्ने भन्दै कसुर ठहर गर्न छुट्टै इजलासमा उपस्थित गराउन आदेश दिएको हो ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको