कांग्रेस महामन्त्री थापाको माग : तत्काल माइतीघरको निषेधित क्षेत्र हटाइयोस्


काठमाडौं, पुस १६ गते ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समिति बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डल जनताले आफ्नो भनाइ राख्ने र सरकार र संसदलाई सुनाउने ठाउँ भएको बताए ।

उनले सोमबार धोती जुलुस भन्दै राजनीतिक अभिव्यक्ति दिन खोज्दा केही व्यक्तिलाई मात्रै पक्राउ गरिएको बताए । निषेधित वस्तु घोषणा गरेपछि बल प्रयोग गर्नुपर्यो । त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाउनुहोस् ।

सोमबार धोती जुलुसका क्रममा जनता पार्टीका अध्यक्ष सिके राउत, सामान्य प्रशासनमन्त्री अनिता देवीसहित ५० भन्दा बढीलाई पक्राउ गरिएको थियो ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको