फर्निचर व्यवसायी संस्था महोत्तरी द्वारा नगर प्रमुख लाई ग्यापन पत्र


२७ मंसिर बर्दिवास ।
राधाकृष्ण शर्मा

महोत्तरीमा गैर कानुनी रूपमा विना अनुमति संचालनमा रहेको फर्निसिङ व्यवसायी लाई कारवाही गर्न नगरपालिकामा ग्यापन पत्र बुझाईएको छ । घुम्ती शैलीमा संचालित रहेका फर्निचर तथा फर्निसिङ व्यवसायी लाई करको दायरामा ल्याउन फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरीले आज वर्दिवास नगरपालिकाका नगर प्रमुख प्रलाद कुमार छेत्री लाई ग्यापन पत्र बुझाएका छन् ।
फर्निचर तथा फर्निसिङ व्यवसायी लगायत अन्य व्यवसायीहरु लाई स्थानीय सरकार, व्यपार संघ, आन्तरिक राजस्व कार्यालय द्वारा इजाजत लिएर व्यवसाय गर्न पटकपटक सुचना दिँदा पनि सुचना लाई वेवास्ता गरी गैर कानुनी रूपमा कार्य गरिरहेको कुरा प्रति ध्यानाकर्षण गराउने उदेश्यले नगर प्रमुख छेत्री लाई ग्यापन पत्र बुझाएका हुन्। यसरी विना अनुमति नै संचालित रहेका व्यवसायी बाट राजस्व छलि एवंम चोरी निकासी तथा ठगी समेत भइरहेको र इजाजत लिएर व्यवसाय गरिरहेका युवा हरुको व्यवसाय दिनानुदिन धरासायी हुँदै गइरहेका कारण बैंकको व्याज समेत तिर्न नसक्दा फर्निचर व्यवसायी हरु को पेसामा चुनौती थपिएको नगर प्रमुख छेत्री लाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

Exif_JPEG_420

फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरी का अध्यक्ष गोविन्द ब खड्का तथा संस्था सम्पुर्ण कार्य समिति हरुको उपस्थितमा बुझाइएको ग्यापन पत्र मा व्यवसाय धरासायी भएकै कारण इलामका व्यवसायी प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गरेका हामी सबै लाई अवगत नै छ, यस्तै कति पय फर्निचर व्यवसायी हरु दिनानुदिन व्यवसाय छाडेर भागिरहेका उदाहरण हरु पनि छन् । व्यवसायीक सटर हरु पनि धमाधम बन्द भइरहेको हाम्रै आँखा अगाडी छ । विना इजाजत व्यवसाय संचालन भैरहेका कारण स्थानीय सरकार मा कर वृद्धि मा कमि हुनु नेपाल सरकार मा राजस्व जम्मा नहुनुमा इजाजत लिएर संचालन गरेका व्यवसायी घाटामा परि घाटाकै कारण ऋण तिर्न नसक्नु प्रमुख कारण हो,यस वर्दिवास नगरपालिकाका भित्र व्यवसाय धरासायी भइ घाटाकै कारण आत्मदाह गर्न नपारोस भन्नका लागी नगर प्रमुख ज्यु समक्ष ध्यानाकर्षण गराउँदै घुमन्ते शैलीमा संचालित रहेका फर्निचर तथा फर्निसिङ व्यवसायी लाई कारवाही गरियोस् भनी हाम्रो स्थानीय सरकार नगर प्रमुख ज्यु समक्ष फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरी द्वारा यो ग्यापन पत्र टक्र्याउँदछु,आशा छ हामी फर्निचर तथा फर्निसिङ व्यवसायी हरु को चित्कारको सुनुवाई हुने छ , भनि ग्यापन पत्र मा उल्लेख गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको