सप्तरीमा तीन दिने वृहत स्वास्थ्य शिविर सञ्चालन


लिता साह

सप्तरी, असार ४ गते ।

प्रतिनिधि सभा सदस्य दिनेश यादवको विशेष पहलमा सप्तरी क्षेत्र नम्बर –३ का नागरिककानिम्ति तीन दिने वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शम्भुनाथ नगरपालिकाको संयोजनमा सोमवार शम्भुनाथ नगरपालिका १ गोविन्दचोकमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पन्ध्रसय बढी स्थानीय नागरिक लाभान्वित भएको आयोजकको दावी छ ।

शिविरमा विभिन्न प्रकारका स्वास्थ्य जाँच सेवा प्रदान गरिएको नोबेल अस्पतालका इन्चार्ज नबिन रिजालले जानकारी दिनुभयो । गत मंसिरमा आफू संसदीय चुनावमा उम्मेदवार भइरहँदा यस क्षेत्रका नागरिकको स्वास्थ्य शिक्षा बाटोघाटो र रोजगारलाई प्राथमिकतामा राखेर आगामी पाँच वर्षसम्म काम गर्ने प्रतिबद्धता गरेअनुसार विराटनगरको नोबेल अस्पतालसँग सहकार्य गरिएको उहाँले बताउनुभयो ।

सप्तरीको शम्भुनाथ, राजगढ र विष्णुपुर गाउँपालिकामा तीन दिने वृहत स्वास्थ्य शिविरको आजदेखि आयोजना भएको प्रतिनिधिसभा सदस्य यादवले बताउनुभयो । शम्भुनाथ – १ मा सञ्चालित स्वास्थ्य शिविरमा अल्ट्रा साउण्ड सेवासहित स्त्रीरोग विशेषज्ञ, हाड जोर्नी, बालरोग विशेषज्ञ गरी विभिन्न १२ वटा विभागका मेडिकल विशेषज्ञको टोलीद्वारा नागरिकलाई सहज, सुलभ स्वास्थ्य सेवा प्रदान गरिएको नोबेल अस्पतालले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको