घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ


३१ जेठ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ । सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए । उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिवलाई पक्राउ गरेको बुझिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको