राष्ट्रपतिबाट विभूषित हुन शीतलनिवास जानेलाई गृहको पास अनिवार्य


काठमाडौं– आगामी १ वैशाखमा राष्ट्रपति कार्यालय शीतलनिवासमा विभूषित हुनेहरुले गृह मन्त्रालयबाट अनिवार्य प्रवेश पास लैजानुपर्नेछ। गृह मन्त्रालयले राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शीतलनिवास आउजाउ गर्न प्रवेश पास लिनुपर्ने व्यवस्था गरेको हो।

मन्त्रालयले आजदेखि २९ चैतसम्म परिचय खुल्ने प्रमाणपत्र देखाएर राष्ट्रपति कार्यालय प्रवेशका लागि प्रवेश पास लिन आग्रह गरेको छ।

गत ३ असोजको संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गर्नेलाई राष्ट्रपति कार्यालयमा १ वैशाखमा विभूषणबाट सम्मान गर्ने कार्यक्रम राखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको