जनकपुधाम- धनुषाबाट एक मिटरब्याजी हतियारसहित पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१ का ४१ वर्षीय दिलिप साहलाई प्रहरीले हतियार र नक्कली कागजातसहित पक्राउ गरेको हो ।
प्रहरीले साहको घर तथा पसल खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान, म्यागजिनमा लाग्ने गोली १ थान र म्यागजिनको खोका १ थान बरामद गरेको छ।
यस्तै उनको घरबाट कपाली तमसुक, जग्गाधनी पुर्जाहरू, खाली चेक लगायतका कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिले मिटरब्याजी साह उपर उजुरी दिएका थिए । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









