महोत्तरी। एकडारा गाउँपालिका-२ निवासी चन्द्र भूषण ठाकुरकी श्रीमती अन्दाजी २२ वर्षीया रबिता कुमारी ठाकुरलाई प्रसूति पश्चात् अत्यधिक रक्तस्राव भई रगतको अत्यावश्यकता परेको अवस्थामा स्वेच्छिक रक्तदानमार्फत जीवनरक्षा गरिएको छ।
सोही स्थान निवासी अजय पासवानका छोरा तथा हाल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निर्वाचन प्रहरीका रूपमा कार्यरत दर्ता नं. ३६३ का पप्पु पासवानले तत्काल स्वेच्छिक रूपमा रगत प्रदान गरेका हुन्।
उहाँद्वारा प्रदान गरिएको रगतका कारण बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुगेको सम्बन्धित पक्षले जनाएको छ।
समाजमा मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको भन्दै स्थानीयवासीले प्रहरीको उक्त कार्यको सराहना गरेका छन्।
स्रोत: DP महोत्तरी










