भू–पूर्व गाविस उपाध्यक्ष राम नारायण मण्डल र देशीनन्दन मण्डल जनमत पार्टीमा प्रवेश


१९ माघ, सप्चतरी – चन्दन रजक। भू–पूर्व गाविस उपाध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वडा समिति अध्यक्ष राम नारायण मण्डल र पूर्व गाउँपालिका अध्यक्ष प्रत्यासी देशीनन्दन मण्डल जनमत पार्टीमा प्रवेश गरेका छन्।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले गम्छा र अविर लगाई उहाँहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको हो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले जनताको अधिकार, आत्मसम्मान र समावेशी विकासका लागि जनमत पार्टी निरन्तर संघर्षरत रहेको बताउनुभयो। अनुभवी र जनआधारित नेताहरूको प्रवेशले पार्टी अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभयो।

नवप्रवेशी नेताहरूले विगतका राजनीतिक अनुभवबाट पाठ सिक्दै अब जनताको वास्तविक मुद्दा उठाउने जनमत पार्टीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। जनताको विश्वास र समर्थनका साथ मधेस तथा समग्र देशको समृद्धिका लागि जनमत पार्टी उपयुक्त विकल्प भएको उहाँहरूको भनाइ थियो।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको