देशभर विभिन्न कार्यक्रमसहित आज शहीद दिवस मनाइँदै


काठमाडौं। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि जीवन आहुति दिने शहीदको सम्मानमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ ।

राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा तत्कालीन सरकारले उनीहरूलाई मृत्युदण्ड दिएको थियो । तिनै शहीदहरूको बलिदान र प्रेरणाबाट जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको मानिन्छ ।

शहीद दिवसको अवसरमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ घोषणा गरी विविध कार्यक्रम आयोजना गरिँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।

इतिहास अनुसार, स्वतन्त्रताको माग गर्दै १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको