महोत्तरी । जनमत पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरी जिल्लाका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय पर्यवेक्षक तोकेको छ।
पार्टीको निर्णयअनुसार महोत्तरी क्षेत्र नं. १ का लागि बिरेन्द्र महतो (जीवन त्यागी), क्षेत्र नं. २ का लागि कृष्ण कुमार साह, क्षेत्र नं. ३ का लागि सुनिल रोहित र क्षेत्र नं. ४ का लागि देवेन्द्र साहलाई क्षेत्रीय पर्यवेक्षकको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।
मिति २०८२–०९–२० गते सार्वजनिक गरिएको सूचनाअनुसार तोकिएका पर्यवेक्षकहरूले आ–आफ्नो क्षेत्रमा पार्टी संगठन विस्तार, राजनीतिक गतिविधिको अनुगमन, कार्यकर्ता समन्वय तथा निर्वाचनसम्बन्धी तयारीमा सक्रिय भूमिका निर्वाह गर्नेछन्।
जनमत पार्टीले संगठनलाई थप सुदृढ बनाउँदै जनताको आवाज प्रतिनिधित्व गर्ने लक्ष्यसहित क्षेत्रीय संरचना बलियो बनाइरहेको जनाएको छ। पार्टी नेतृत्वले तोकिएका पर्यवेक्षकहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएको छ।









